उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

२९ कार्तिक, काठमाडौं ।

प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.