अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ताः यस्ता छन् एजेन्डा

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, न्युयोर्क ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।

केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए ।

तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई देशबीच मतभेद कायमै छ । दुई नेताबीच हुन लागेको तेस्रो बैठकमा विभिन्न विषयमा छलफल हुनेछ । वार्तामा साइवर सुरक्षा, व्यापार, परमाणु हतियारजस्ता विषयमा छलफल हुनेछन् । बाइडेन राष्ट्रपति भएपछि यी दुई नेताबीच वार्ता भएको छ, यद्यपी सम्बन्धमा कुनै सुधार आउन सकेको छैन् ।

के चाहन्छन बाइडेन ?

परम्परागत प्रतिद्वन्द्वी देश चीनसँग बाइडेनले खासै ठूलो अपेक्षा गरेका छैनन् । तर, वार्ताको ठोस नतिजा देख्न उनी आत्तुर छन् । दुबै जनाले अमेरिका–चीन सम्बन्ध सुधार गर्न चाहन्छन् ।

त्यस्तै, ताइवान वार्ताको मुख्य एजेन्डा हुनेछ । ताइवानमा शान्ति र स्थिरता कायम राख्न अमेरिकाले चीनलाई दबाब दिनेछन् । त्यसको जबाफमा राष्ट्रपति सीले ताईवानको सार्वभौमसत्ताबारे हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता माग गर्न सक्नेछन् ।

के चाहन्छन् राष्ट्रपति सी ?

राष्ट्रपति सीका लागि भने ताइवान मुद्दा महत्वपूर्ण छ । ताइवान मामिला आन्तरिक भएको र त्यहाँ हस्तक्षेप नगर्न उनले अमेरिकालाई दबाब दिनेछन् । पछिल्लो समयमा ताईवानलाई लिएर अमेरिकाले देखाएको चासोप्रति चीन असन्तुष्ट छ । एक साताअघि मात्र अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो ।

भ्रमणको अमेरिकाले विरोध गरेको थियो । केही समयअघि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो ।

त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने यसअघि नै चेतावनी दिएको थियो । त्यस्तै, अमेरिकी हस्तक्षेपको निन्दा गर्दै चीनले आगोसँग नजिस्कन वासिंगटनलाई चेतावनी दिएको थियो । –एजेन्सी

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top