गगन थापा भन्छन् – अब महाधिवेशन हुनेमा विश्वस्त भएँ

२९ कात्तिक, काठमाडाैँ ।

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आईतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्।

उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको बताए । उनले नेपाली काँग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको बताए ।

नेता थापाले भने, ‘हिजो हामीले केन्द्रिय समितिको बैठक सम्पन्न ग¥र्यौं, केन्द्रिय कमिटीको बैठक सम्पन्न गरेपछि प्रदेशको निर्वाचनको संयोजकहरु तोकेका छौँ, अधिवेशनको निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौँ, हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छ,यद्यपी कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशनहरु सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ, केही साथीहरु अनसन बसिरहनु भएको छ, केही साथीहरु अनसन बस्ने तयारीमा हुनुहुन्छ, नेपाली काँग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५÷२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो, हामीले आफ्नो अधिवेशनको बारेमा ढुक्क भएर हुन्छ भन्ने अवस्था बनेन, यसलाई हामीले जति भनेपनि हामीले निर्वाचन आयोगलाई तारन्तार दबाव नदिएको भए पुषको पहिलो साता भित्र निर्वाचन आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्यता नरहेको भए सायद अधिवेशन हामी एक÷दुई महिना टाथ्र्यौं होला, समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामुहिक क्षयिकरणको प्रमाण हो, नेपाली काँग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेका छन् ।’

नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए । नेता थापाले नेपाली काँग्रेस राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुने गरी गर्नुपर्ने बताए ।

नेता थापाले भने, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनु पर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालत भित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँ भित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि काँग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली काँग्रेसको १२÷१५ लाख यस्तो मतदाता छ, नेपाली काँग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको काँग्रेसले ४÷५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, काँग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई काँग्रेसलाई मत हाल्ने वातावरण होस् ।’

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top