क्यानले माग्यो कप्तान ज्ञानेन्द्र सहित चार खेलाडीसँग लिखित स्पष्टीकरण

२९ कात्तिक, काठमाडौं।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग लिखित स्पष्टीकरण सोधेको छ ।

खेलाडी वर्गीकरणको विषयलाई लिएर मिडियामा असन्तुष्टि पोखेकाे भन्दै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।

Advertisement

खेलाडीहरुलाई क्यानले आगामी बुधबारसम्म वर्गीकरणको विषयमा मिडिया बोल्नुको कारणसहित  स्पष्टीकरण दिन भनेको बुझिएको छ । केही दिन अघि उनीहरुले एक मिडियामा आएर राष्ट्रिय क्रिकेट खेलाडीहरुको वर्गीकरणमा आफुहरु सन्तुष्ट नभएको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top