पत्रकारहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्नेः अर्थमन्त्री

२८ कात्तिक ७८, सोमबार

२९ कात्तिक, काठमाडाैँ ।

अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको उल्लेख गर्दै त्यसले जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने आवश्यक्ता औंल्याए । सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै उनले राससले सरकारको प्रवक्ताको रुपमा काम गर्नुपर्ने बताउँदै सरकारको कमी कमजोरीलाई पनि पारदर्शी रुपमा आवाज उठाउनु पर्ने बताए। अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘रासस सरकारको एकमात्र एउटा समाचार संस्था हो, यसले जनताका सबै आवाजहरुलाई विभिन्न मिडियामार्फत् सरकारसमक्ष र जनतासमक्ष पु¥याउनु पर्छ र सरकारका काम कारबाहीहरुलाई पनि विभिन्न माध्यमबाट जनतासम्म पु¥याउनु पर्छ, यसले आफ्नो काम त गरिरहेको छ तर यसको पनि एउटा बहस छ, सरकारकै आफ्नो सञ्चार संस्था बनाउने कि नबनाउने ? भन्ने पनि बेलाबेलामा बहस र प्रश्न उठ्छ, मेरो मान्यता छ,सरकारको हुनुपर्छ भन्ने हो, किनभने सरकारको प्रवक्ताको रुपमा यसले काम गर्ने हो, समग्र सरकारको प्रवक्ताको रुपमा राससले काम गर्नुपर्छ, सरकारमा बसेर कमी कमजोरी भए त्यो पनि यसले आवाज उठाउने अधिकार छ, समाचार समितिको नाताले तथ्य कुरा जनतासमक्ष लैजाने यसको कर्तव्य हो, राससको जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कुरा, यसको संरचनागत सुधारको कुरा आवश्यक छ, संरचनागत सुधारहरु भइरहेको छैन, राजनीतिक तरिकाबाट नियुक्ति हुने भएकोले पनि हुनसक्छ, आउन त मिडिया क्षेत्रकै साथीहरु आउनुहुन्छ, तर त्यसले पनि कतै अफ्ठ्यारो पारेको छ कि जस्तो मलाई लाग्छ, राससको संरचनालाई नयाँ ढंगले विकिसित गर्न आवश्यक छ, श्रमजीवि पत्रकारको षमता अभिवृद्धि गर्न आवश्यक छ, यसमा तालिमको लागि के सहयोग गर्नुपर्छ माग गर्नुभयो भने त्यसअनुसार सहयोग गर्न सरकार तयार छ ।’

अर्थमन्त्री शर्माले सरकारमा भएका भ्रष्टाचार र अपारदर्शीताबिरुद्ध आवाज उठाउँदै आत्मनिर्भर अर्थतन्त्रमा अघि बढेर राष्ट्रिय स्वाधीनता, रोजगारी र युवा जनशक्तिलाई देशमै स्थापित गर्ने काममा प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top