एमाले निकट खेलकुद महासंघले ‘खेल नीति सम्मेलन’ गर्ने

२९ कात्तिक ७८, मंगलबार

२९ कात्तिक, काठमाडाैँ ।

Advertisement

आगामी मंसीर ५ र ६ गते काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताए । राष्ट्रिय स्तरका खेल संघहरु विघटन तथा खारेजी हुने अवस्थामा पुग्नुको कारण र ती समस्या समाधानका लागि दिशा निर्देश गर्न पनि सो सम्मेलनले सघाउने पु¥याउने अपेक्षा गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष पौडेलले भने, ‘खेलकुद क्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिका बीचमा आवश्यक सहकार्य हुन नसक्नुका पछाडिको कारणहरु मध्येको प्रमुख कारण नीतिगत झमेला हो । यही अन्यौलताका कारण कतिपय राष्ट्रिय खेल संघहरु विघटन÷खारेजी हुने अवस्थामा समेत पुगेका छन । यी सबै समस्यालाई समाधान गर्नका लागि यो सम्मेलनले एउटा दिशा निर्देश गर्न सक्नेछ भन्नेमा नेपाल खेलकुद महासंघ विश्वस्त रहेको छ ।’

Advertisement

विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल क्षेत्रका संघका नेतृत्व, खेलसँग सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुसहितको सहभागीता हुने सो सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

सो सम्मेलनका लागि महासंघले १३ लाख ५० हजार रुपैयाँ खर्चको व्यवस्थापन गर्ने जानकारी गराइएको छ । यातायात, आवास तथा अन्य खर्चको व्यवस्थापन सहभागीहरु आफैंले वा सम्बन्धित संघ, संस्थाहरुले गर्नुपर्ने महासंघका अध्यक्ष पौडेलले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top