जनतालाई विश्वास हुनेगरी अख्तियारले काम गर्न सकेनः प्रदेश प्रमुख गुरुङ

२९ कात्तिक ७८, मंगलबार

२९ कात्तिक, काठमाडाैँ ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जनताले विश्वास गर्नेगरी भ्रष्टाचारीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेशको ३१ औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले ठूल्ठूला भ्रष्टाचारको मुद्धाहरुमा जनतालाई विश्वास हुनेगरी अख्तियारले काम गर्न नसकेको भन्दै जनतालाई विश्वास हुनेगरी काम गर्न आग्रह गरेका हुन्।

भ्रष्टाचारको मुद्धामा ठूलाहरु कमै फस्ने गरेको उनले बताए । भ्रष्टाचारीलाई अख्तियारले कारबाही गर्छ भन्ने जनविश्वास स्थापित हुनेगरी काम गर्न उनले सुझाव दिए। उनले भने – ‘अहिलेसम्मको अख्तियारको क्रियाकलापमा ठुला–ठुला माछाहरु कमै फस्ने । बहुदल पुर्नस्थापनापछि केही मन्त्रीहरु कारबाहीमा परे। कारागारमा पनि परे । तर त्यसपछि हामीले मिडियाबाट आए अनुसारका ठुला–ठुला भ्रष्टाचारहरु अझैपनि जनतालाई विश्वास हुने गरेर यो कार्यालयले काम गर्न सकेको महशुस आम जनताले अझै गर्न सकेको छैन । आम जनताले भ्रष्टाचारीहरुलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्नका लागि यो अयोग सशक्त रुपमा अगाडी बढ्न सकोस् ।’

प्रदेश प्रमुख गुरुङले भ्रष्टाचार गर्ने जुनसुकै तहका जनप्रतिनिधि अथवा प्रशासकलाई अख्तियारले आफ्नो दायरामा ल्याउनुपर्ने बताए । सबैलाई मुलुकप्रति जिम्मेवार बनाउने जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले सो जिम्मेवारीलाई राम्ररी पुरा गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘मुलुकमा व्याप्त देश विरोधी कामहरु, आर्थिक भ्रष्टाचारका कुराहरु, यथार्थमा राष्ट्र र जनतालाई सम्झेर जुनसुकै तहका चाहे जनप्रतिनिधि होस्, चाहे प्रशासनिक क्षेत्रका हुन्, यसका दायराभित्र आउने सम्पूर्ण तहका निकायहरुलाई मुलुकप्रति जिम्मेवार बनाउने कुरामा तपाईहरुको जिम्मेवारी छ । त्यसलाई राम्रो सँग पुरा गर्न सकोस् ।’

अख्तियार पोखरामा ९ सय ३२ उजुरी परेकोमा ५ सय फछ्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन प्रदेश कार्यालय पोखराका प्रमुख कोषहरि निरौलाले प्रदेश प्रमुख गुरुङलाई हस्तान्तरण गरेका छन् । आ.व. २०७७÷७८ मा पोखरा कार्यालयमा ९ सय ३२ उजुरी परेकोमा ५ सय वटाको फछ्यौट भइसकेको र ४ सय ३२ वटा फछ्यौट हुन बाँकी रहेको निरौलाले जानकारी दिए ।

गण्डकीमा स्थानीय तह, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था कार्यालयमा अन्य कार्यालय तुलनामा धेरै उजुरी परेको पाइएको छ । प्रदेशभर गत आ.व.मा ४ सय उजुरी परेकोमा तीमध्ये मुस्ताङमा सबैभन्दा कम ६ वटा उजुरी परेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top