बढ्यो सुनचाँदीको मूल्य

३० कार्तिक, काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकोमा मंगलबार पाँच सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ ।

Scroll to Top