विप्लवको नेपाल बन्दको प्रभाव सामान्य

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, काठमाडाैँ ।

Advertisement

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ सहित देशका मुख्य शहरमा समान्य परेको छ । मंगलवार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको हो ।

काठमाडौं उपत्यका बाहिरका केही स्थानमा बन्दको प्रभाव देखिए पनि उपत्यकामा भने सामान्य प्रभाव परेको छ । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।

Advertisement

बिहानको समयमा सडकमा कम सवारीसाधन देखिए पनि अहिले सवारीको चाप बढ्दै गइरहेको छ । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top