ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, विराटनगर ।

Advertisement

मोरङको बेलबारी नगरपालिका-५ कसेनिमा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका -१ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।

साेमबार बेलुका ८ बजेकाे समयमा ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा को २ त.८६८८ नम्बरको उक्त ट्याक्टर पल्टिँदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो ।

Advertisement

ट्याक्टर र चालक रंगेली नगरपालिका-१ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top