नेपाल बारले बुधवारबाट सशक्त आन्दोलन गर्ने

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, काठमाडाैँ ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आजपनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।मंगलवार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो ।

धर्ना तथा बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए। उनले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने बताए ।

Advertisement

अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो ठहर के हो भने न्यायपालिका भित्र विसंगति, विकृति र भ्रष्टाचार छ, त्यसको संरक्षण प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले गर्नुभएको छ, त्यस कारण उहाँको राजीनामाबाट मात्रै सुधारका कदमहरु अघि बढुन सक्छन्, त्यसैले उहाँको राजीनामा नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ, भोलिबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन हुनेछ, त्यसका लागि हामी बैठक बसिरहेका छौँ ।’

दैनिक दुई घण्टा धर्ना

Advertisement

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधी जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको बताए । उहाँले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top