नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, काठमाडौं ।

नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ। जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ।

दशैं, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो। अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उनको भनाइ छ। उनले भने, “निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ।”

पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ। गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो। निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको प्रमुख शाक्यले बताए। उनले भने, “४२ महिनाबाट एक दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ।”

निर्माण कम्पनीले अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढाइरहेको छ। विगतका वर्षमा जग्गा प्राप्ति गर्न केही समस्या देखिएको भए पनि अहिले समाधानको चरणमा रहेको उनले बताए। अरु संरचनामा ‘फ्लाई ओभर’को निर्माण सुरु भइसकेको छ।

जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिने प्रमुख शाक्यले बताए। सुरुङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ। अरु सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ।

उनले भने, “सुरुङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरुङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ।” अहिले निर्माणस्थलमा चार टोली सुरुङ खन्नमा लागेको छ। बाहिर निर्माण गर्ने र भित्र निर्माण गर्ने सहायक कम्पनी छुट्टाछुट्टै भएको र तीनको एकअर्काको काममा कुनै सम्बन्ध नभएको प्रमुख शाक्यले बताए।

उनले भने,“निर्माणस्थल हेर्नका लागि इञ्जिनीयर छुट्टाछुट्टै नै हुनुहुन्छ।” आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको जनाएको छ। धादिङमा ‘अण्डर पास’ सकियो भने काठमाडौँको ‘ओभर पास’ को निर्माण सम्पन्न भएको छ।

अहिलेसम्म केही पुल निर्माण सकिएको छ। सिस्नेरी खोलालाई डाइभर्सन भइसकेको छ। स्थानीयवासीलाई पानीको अभाव नहोस् भनेर ट्याङ्की बनाइसकिएको र छिट्टै पाइपलाइन निर्माण गरिनेछ।

निर्माण कम्पनीले अहिलेसम्म एक हजार ८१२ मिटर खनेको छ। काठमाडौँ जिल्लातर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २८० मिटर गरी मुख्य सुरुङमा ५६३ मिटर खनिएको छ। निकासतर्फ काठमाडौँतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ। धादिङतर्फको ‘बोर्किङ अडिट’ मा १२६ मिटर, क्रस प्यासेजमा ४३ मिटर खनिएको आयोजनाले जनाएको छ। प्राविधिक दृष्टिकोणबाट पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ।

यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ। नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो। जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो। सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विभागले जनाएको छ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ। कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ। सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ। निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top