३० कात्तिक, सुर्खेत ।
कर्णालीमा नेकपा एस सरकारमा सहभागी भएको छ । नेकपा एसका संसदीय दलका नेता चन्द्रबहादुर शाही मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले झण्डै दुई सातापछि मन्त्रिपरिषद विस्तार गर्दा उनलाई मन्त्री बनाएका हुन् । शाहीले आफ्नै दल नेपाली कांग्रेस, अर्को सत्ता सहयात्री नेकपा माओवादी केन्द्रबाट भने मन्त्री छनोट गर्न सकेका छैनन् ।
नवनियुक्त मन्त्री शाहीले मंगलबार नै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् ।