प्रचण्डलाई स्वागत गर्न महोत्तरीको रामगोपालपुर नगरले दियो सार्वजनिक बिदा

प्रचण्डलाई स्वागत गर्न महोत्तरीको रामगोपालपुर नगरले दियो सार्वजनिक बिदा

३० कात्तिक, काठमाडौं।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने एक कार्यक्रमकै लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।  नगरपालिकाले मङ्‍गलबार सूचना जारी गर्दै भोलि (मंसिर १ गते) सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

नगर प्रमुख अशोककुमार मण्डलले जारी गरेकाे सुचनामा दाहालले वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने जनाइएकाे छ ।

उनका अनुसार कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर-५ मा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.