वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा सुधार

Share this
707shares

१ मंसिर, काठमाडौं ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा ७५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर घाटा अघिल्लो महिनाको तुलनामा केही घटेको छ।

पहिलो दुई महिनामा ८३ अर्ब ४१ करोड पुगिसकेको शोधनान्तर घाटा तेस्रो महिनामा आइपुग्दा प्रत्यक्ष वैदेशिक लगानीमासुधार हुँदा सुधार आएको हो।

Advertisement

नेपालमा सोचे अनुरुप रेमिट्यान्स भित्रन नसक्दा पनि करिब पौने खर्बको शोधनान्तर घाटा रहेको हो। तीन महिनामा नेपालले ६५ अर्ब ५ करोडको सामान निर्यात गरेर ४ खर्ब ७८ अर्ब ५२ करोडको सामान आयात गरेको छ।

तीन महिनाको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ छ। शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ।

Advertisement

तीन महिनामा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत ५ अर्ब ७ करोड रकम नेपाल भित्रिएको छ। वैदेशिक लगानी भने करिब ७५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको पहिलो तीन महिनामा चालु खाता घाटा १ अर्ब २८ करोड घाटामा रहेको छ जुन अघिल्लो वर्ष सोही अवधिमा ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा थियो।

तीन महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड कायम भएको छ। नेपालको आयात बढ्दै जाँदा विदेशी विनिमय सञ्चित घट्दै गएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top