स्थलगत तथ्यांक संकलनलाई प्रभावित नपार्न विभागको आग्रह

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडौं ।

Advertisement

राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्यांक संकलन कार्यलाई प्रभाव नपार्न केन्द्रीय तथ्यांक विभागले आग्रह गरेको छ। कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्नसमेत विभागले अनुरोध गरेको छ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गरी कर्मचारीलाई हानी हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकुल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्णपालना गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरेको हो।

Advertisement

यही कात्तिक २५ बाट सुरु भएको र आगामी मङ्सिर ९ गते समापन हुने जनगणनामा केही व्यक्ति तथा संस्थाबाट स्थलगत तथ्यांक संकलन कार्यमा संलग्न केही गणकको कामबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने खालका विचारप्रति ध्यानाकर्षण भएको विभागले जनाएको छ।

साथै, केही व्यक्ति तथा संस्थाले उत्तरदातालाई आफ्नो संस्थागत निर्णयअनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरेका विषयमा समेत ध्यानाकर्षण भएको विभागको भनाइ छ।

Advertisement

जनगणना प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय÷सङ्घसंस्था र विषय विज्ञसँग पटकपटक छलफल गरिएको बताउँदै प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा छलफल गरी अन्तिमरूप दिने कार्य भएको विभागले जनाएको छ।

प्रश्नावली निर्माणलगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्याससमेत अवलम्बन गरिएको र तथ्यांक ऐन २०१५ बमोजिम स्थापित सो विभाग तथ्यांक संकलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने विभागको भनाइ छ।

यथार्थभन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णयअनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्यांक सङ्कलन गर्न नसकिने विभागले स्पष्ट पारेको छ।

विभागले तथ्यांक संकलन कार्यका लागि देशैभर करिब चालीस हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक खटाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top