प्रचण्ड जाने भएपछि नगरपालिकामा सार्वजनिक बिदा

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडौं ।

Advertisement

केही दिन अघि अस्वस्थ भएर आराम गरिररहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज महोत्तरी जाँदैछन् ।

स्वास्थ्य केन्द्र उद्घाटन गर्न प्रचण्ड आउन लागेको त्यहाँको रामगोपालपुर नगरपालिकाले जानकारी दिएको छ ।

Advertisement

साथै सो कार्यक्रमका लागि भन्दै नगरपालिकाले एक दिन आज सार्वजनिक बिदासमेत दिएको छ।

नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको जनाएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top