बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

१ मंसिर, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।

कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.