सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार

३० कात्तिक ७८, बुधबार

१ मंसिर, एजेन्सी ।

म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ।

सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ ।

Advertisement

फेब्रुबरीमा सेनाको कुपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छोडेकी छन् । तर, सेनाका प्रवत्ताले नजरबन्दमा रहेकी सुकीमाथि सरकारले राम्रो व्यवहार गरेको दाबी गरेका छन् । ‘घरमै नजरबन्दमा रहे पनि उनलाई आफ्ना मानिसहरूसँग भेटघाट गर्न दिएका छौं,’ प्रवत्ता जनरल जाउ मिन तुले भने ।

सुकीलाई सेनाले बोल्न नदिएको उनका वकिलले आरोप लगाउँदै आएका छन् । सुकीलाई भेट्न राष्ट्रसंघका अधिकारीले मागेको अनुमति सेनाले अस्वीकार गरेको छ ।

Advertisement

म्यानमारमा भइरहेको मानवताविरुद्ध अपराध छानबिन गर्न सरकारले सेनाका अधिकारीहरुलाई पहुँच नदिएको राष्ट्रसंघले गुनासो गर्दै आएको छ ।

तर, सरकारले राष्ट्रसंघको माग आफूहरुलाई अस्वीकार्य भएको बताउँदै आएको छ । ‘कथित मानवताविरुद्धको अपराध अनुसन्धान गर्ने यो उपर्युक्त समय होइन ।

उनीहरूका मागसँग हामी सहमत छैनौं । म्यानमारबारे उनीहरूले दिएको सुझाव रचनात्मक छैन्,’ प्रवत्ता तुले भने । राष्ट्रसंघले म्यानमारको सैन्य सरकारलाई मान्यता दिनुपर्ने उनको माग छ ।

गत वर्ष सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको सेनाको दाबी छ । निर्वाचनमा सुकीको पार्टीले एतिहासिक विजय प्राप्त गरेको थियो ।

निर्वाचन निस्पक्ष र धाँधलीरहित भएको निर्वाचन पर्यवेक्षकहरुले बताउँदै आएका छन् । सुकीमाथिको आरोप राजनीतिक दुरासयबाट प्रेरित रहेको उनीहरुले बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top