सर्वोच्चका कर्मचारी पनि आन्दोलित

सर्वोच्चका कर्मचारी पनि आन्दोलित

१ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतका कर्मचारीहरु पनि आन्दोलित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन चर्किरहेका बेला कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।

न्यायिक क्षेत्रमा देखिएको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने उनीहरुले माग राखेका छन् । आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीहरुले हस्ताक्षर संकलन गरी बुझाउने अभियान सुरु भएको जनाइएको छ। देशभरबाट प्राप्त हुने सबै हस्ताक्षर बुधबार प्रधानन्यायाधीश र न्यायाधीशलाई बुझाउने तयारीमा रहेको छ।

मंगलबार सर्वोच्च अदालत आधिकारिक ट्रेड युनियन र अन्य पेशागत ट्रेड युनियनबीच सोबारे छलफल भएको थियो। अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवम् न्यायाधीशलाई ऐक्यवद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीकाे भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.