सरकार नेपाली राहदानीको सम्मान बढाउन लागिपर्छ : परराष्ट्रमन्त्री खड्का

सरकार नेपाली राहदानीको सम्मान बढाउन लागिपर्छ : परराष्ट्रमन्त्री खड्का

१ मंसिर, काठमाडाैँ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्र्तराष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्विकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका हुन् ।

देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनले बताए । नेपाल र अन्य धनिमानी भनिने देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताए । उनले भने – ‘अब हामीले हामी सरकारमा बसेकाहरु, हामी देश विकास गर्छौ भन्नेहरुले अब यसको सम्मान बढाउने छौँ । यो नेपालीले बोक्दाखेरी या अर्को अलिकति धनीमानी देशका नागरिकले बोक्दाखेरी जुन खालको भेदभावहरु हामीलाई फिल हुन्छ । अब हाम्रो काम समुन्नत नेपाल बनाएर, विकास गरेर, हाम्रो स्वाभिमानलाई, हाम्रो सम्मानलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउनेछ । यो पासपोर्टको टेक्नीकल स्टान्र्डस् त होला, टेक्नीकल इम्पोर्टेन्स् हामीले बढायौँ होला तर यसको रेस्पेक्टाविलिटी अन्तर्राष्ट्रिय जगतमा अन्य धनीमानि भनिएका देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको त्यो सम्मान यो पासपोर्टलाई थप्नु छ । त्यो सम्मान थप्ने काममा हामी जुट्नु छ ।’

मन्त्री खड्काले देशलाई आर्थिक रुपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताए । उनले आगामी दिनमा नेपाली नागरिकहरुले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.