कस्तो छ आजको मौसम ?

१ मंसिर ७८, बिहीबार

२ मंसिर, काठमाडौं ।

Advertisement

नेपालमा हाल हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा आंशिक बदली हुनेछ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा दिउँसो र रातिको मौसम पनि हालकै जस्तो हुनेछ।

Advertisement

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम भने बढेको छ। बुधबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top