कपिलवस्तु प्रहरीद्वारा ४ महिनामा ४८६ फरार अभियुक्त पक्राउ

१ मंसिर ७८, बिहीबार

२ मंसिर, कपिलवस्तु ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागूऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम नै सञ्चालन गरेका छन् ।

साउन यताको चार महिनामा ४८६ जना फरार अभियुक्त पक्राउ परेका प्रहरी तथ्यांक छ । साउनमा २८९, भदौमा १२७, असोज ४८ र कात्तिकमा २२ जना पक्राउ परेका हुन् । गत आवको पहिलो चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए ।

फरार रहेका २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १५८ जना छन् । त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेकासमेत छन् ।

‘अपराध गरेर समाजलाई दूषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । अपराध गर्ने एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं,’ जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले भने ।

कपिलवस्तु प्रहरीले १ कात्तिकमा मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट लागूऔषध ब्राउन सुगर ९२ ग्राम ४२ मिलि ग्राम बरामद गरेको थियो । कारोवारी विजय खत्रीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ ।

चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । यो गत वर्षको चालु चार महिनामा संकलित राजश्वभन्दा अढाई करोड बढी हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top