राप्रपा महाधिवेशनः भृकुटीमण्डपमा उद्घाटन हुने, ४५ सय प्रतिनिधिले भाग लिने

२ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

११–१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।

‘भृकुटीमण्डपमा चार दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने छन्,’ प्रचार बिभागका संयोजक मोहन श्रेष्ठले जनतापाटीसँग भने, ‘महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशवाट नेपाल आउने छन् ।’

उनका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभाबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ ।

प्रत्येक प्रदेशस्तरबाट हुने निर्वाचनबाट ९–९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने मंसिर ३ गतेबाट मतदान प्रक्रिया सुरु हुनेछ । ‘भोलिदेखि सुरु हुने आन्तरिक निर्वाचनबाट ३ सय ३० प्रदेशबाट ९–९ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्,’ श्रेष्ठले भने ।

उनका अनुसार खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशबाट नौ जना प्रतिनिधि चयन हुँदैछन् ।

त्यसैगरी, २६ देशमा संगठन विस्तार गरेको राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ४–४ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top