बार परिसरभित्रै छिरेर ‘कालो कोट च्यातिदिन्छौं’ भन्दै वकिलहरुलाई धम्की

बार परिसरभित्रै छिरेर ‘कालो कोट च्यातिदिन्छौं’ भन्दै वकिलहरुलाई धम्की

२ मंसिर, काठमाडौं।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीलाई केही व्यक्तिहरुले कुटपिटको धम्की दिएका छन् ।

 अपरिचित युवाले बार परिसरमा आन्दोलनमा रहेका वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिएका हुन् । अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित  कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि दुई जना भागे । एक जनालाई भने प्रहरीहरुले कानून व्यवसायीहरुबाट छुटाएर भगाए ।

कानुन व्यवसायीलाई धम्की दिँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका छन् । ‘एक–एक वकिलहरूलाई ठोक्छु । कोट च्यात्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’

सो क्रममा केहीबेर बार परिसर तनावग्रस्त बनेको थियो । उनीहरु को हुन् एकीन भइसकेको छैन तर कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको दाबी गर्छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.