कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

२ मंसिर, काठमाडौं ।

नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत आज अन्तिम खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी छिन् ।

खेल वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा हुँदैछ । नेपालले पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक डब्लूटि२० आई सिरिज जितेको हो ।

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोटका लागि शुक्रबार महिला टोली युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.