बारले भन्यो : न्यायको मन्दिरलाई युद्ध मैदान बनाइयो

२ मंसिर, काठमाडौं।

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदान जस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले न्यायको मन्दिरलाई युद्ध मैदान बनाएको बताएको हो ।

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्धमैदान बनाउन खोजिएको बताए ।

Advertisement

बिहीबार आयोजित बारको आकस्मिक पत्रकार सम्मेलनमा उनले भने, ‘आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top