अमेरिकी उपसहायक विदेशमन्त्री किडरलिङ काठमाडौंमा

अमेरिकी उपसहायक विदेशमन्त्री किडरलिङ काठमाडौंमा

२ मंसिर, काठमाडौं ।

अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिङ आज काठमाडौंमा आइपुगेकी छिन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक अमेरिकी विदेशमन्त्री डोनाल्ड लू काठमाडौं ओर्लिएको एकदिनपछि किडरलिङ आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरे । किडरलिङले नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.