बाबा रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे

बाबा रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे

२ मंसिर, काठमाडौँ।

भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौँ आइपुगेका छन् । उनीहरु शुक्रबार काठमाडौँमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि आएका हुन् ।

पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् ।उक्त कार्यक्रमलार्ई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताए । उनले नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने बताएका छन् ।

रामदेवले भने, ‘नेपालसँग हाम्रो तीन दशकदेखिको सम्बन्ध छ । भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल नै हो । हामी मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्दैछौं । हामी नेपाललाई नयाँ सौगात दिँदैछौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.