एमाले महाधिवेशन उद्घाटनः हैसियतअनुसार मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन हुने

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडौं ।

नेकपा एमाले १०औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गर्न लागिएको हो ।

‘महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च बनाउन सुरु गरेका छौं, सो मञ्चलाई चार भागमा विभाजन गरी कुर्सीको व्यवस्थापन हुनेछ,’ मञ्च निमार्णमा सक्रिय नेता विनोद श्रेष्ठले भने, ‘अध्यक्षसहित पदाधिकारी स्थायी कमिटी सदस्य र अतिथिहरु एउटा भागमा रहनु हुनेछ भने केन्द्रीय सदस्यहरु मञ्चको दोस्रो भागमा रहनु हुनेछ ।’

उनकाअनुसार केन्द्रीय सल्लाहकारलाई पनि मञ्चको एक भागमा राखिनेछ भने प्रमुख बक्ताहरु बोल्नलाई अर्को भाग बनाउने गरी मञ्च व्यवस्थापनको काम सुरु भएको छ ।

श्रेष्ठकाअनुसार मञ्च निमार्णका लागि हिजोबाट नारायणी किनाराको खाली भागलाई सम्याउन प्रक्रिया भने सुरु भइसकेको छ । ‘बाढीले क्षतिग्रस्त बनाएको किनारालाई सम्याउने काम भइरहेको छ, त्यो सक्ने बितिक्कै मञ्च निर्माण सुरु हुनेछ,’ श्रेष्ठले भने । उद्घाटन सत्रमा ५ सय जना बस्न मिल्ने गरी मञ्चको निर्माण गरिनेछ ।

यसैगरी, उद्घाटन स्थलमा ‘सेल्फी स्पट’ निर्माण गरिनेछ भने उद्घाटन स्थल र भरतपुरका चोकमासमेत गरी २० वटा डिजिटल बोर्ड राखिनेछ । ‘एउटा डिजिटल बोर्ड नवलपरासीको किनारामा पनि राख्ने गरी योजना बनाएका छौं,’ उनले भने ।

भरतपुर र नवलपरासीतर्फका विभिन्न ७ स्थानबाट आउने जुलुसलाई महाधिवेशन उद्घाटन स्थलसम्म लैजान र उद्घाटन कार्यक्रमलाई ब्यवस्थित गराउन कम्तिमा ५ सय स्वयंसेवक निरन्तर खटिनेछन् । अपरान्ह १२ बजे महाधिवेशनको उदघाटन हुने र साँझ ५ बजेभित्रमा समापन गर्नेगरी कार्यतालिका एमालेले बनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top