प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा, पार्टी प्रवेश कार्यक्रम पनि

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।

यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।

‘कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा विशाल आमसभा गर्ने तयारीमा लागेका छौं,’ पटेलले भने, ‘प्रचण्डको विशेष सम्बोधनका साथै विभिन्न पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश कार्यक्रम पनि आयोजना हुनेछ ।’ तर, माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानिय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुनेछ । साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेका मौलापुर र कटहरियाका मेयर भने पार्टी नै परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top