अमेजनको जंगल फडानी १५ वर्ष यताकै तीब्र, एक वर्षमा १३ हजार वर्ग किलोमिटर क्षेत्र विनाश

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, एजेन्सी ।

ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ ।

यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरुले सन् २०३० सम्ममा बन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए । अमेजन करिव ३० लाख प्रजातिका बनस्पति र जनाबर तथा १० लाख आदिवासी मानिसहरुको घर हो ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ । यो सन् २००६ पछिकै ठूलो वन विनाश हो ।

तथ्यांकले चुनौती दिएको र जगंल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन् । तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए ।

राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीब्रता आएको विज्ञहरुले बताउँदै आएका छन् । बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन् । –एजेन्सी

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top