बार परिसरभित्र छिरेर वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ

३ मंसिर ७८, शुक्रबार
Share this
758shares

३ मंसिर, काठमाडौं ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवासायीलाई धम्की दिने दुई जना पक्राउ परेका छन्।

बिहीबार नेपाल बार एसोसिएसन भवन परिसरभित्र छिरेर कानुन व्यवासायीलाई धम्की दिने दुई जनालाई गएराति काठमाडौंका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Advertisement

परिसरका एसपी रमेश बस्नेतका अनुसार तीर्थ ढकाल र सिताराम श्रेष्ठ पक्राउ परेका छन्। उनीहरूलाई बौद्ध र मुलपानीबाट पक्राउ गरिएको बस्नेतले बताए।

उनीहरूले बिहीबार बार परिसर छिरेर कानुन व्यवासायीलाई जबराविरुद्ध आन्दोलन चर्काए कालो कोट च्यातिदिने धम्की दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top