३ मंसिर, एजेन्सी ।
दक्षिण अफ्रिकन लेजेण्ड एबी डे भिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षीय डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै सन्यासको घोषणा गरेका हुन् ।
उनले शुक्रबारको स्टेटमेन्टमा भनेका छन्, ‘यो यात्रा राम्रो रह्यो तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु ।’ उनले दक्षिण अफ्रिकाका लागि ११४ टेष्ट, २२८ ओडिआई र ७८ टी२० आई खेलेका छन् । डे भिलियर्सले ओडिआईमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान बनाएका छन् ।