कोदोको रक्सी ‘ब्रान्डिङ’ गर्न गण्डकी विश्वविद्यालयले अनुसन्धान थाल्याे

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, पोखरा ।

मुलुकमा विदेशी मदिरा आयात अत्यधिक बढेको तथा कोदोको रक्सी प्रहरीले जफत गरी मिल्क्याइरहेको वर्तमान अवस्थामा गण्डकी विश्वविद्यालयले भने कोदोको रक्सीलाई ब्रान्डिङ गरेर बिक्री वितरण गर्ने तयारी थालेको छ ।

नेपालका कतिपय जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै अनिवार्य रुपमा कोदोको रक्सी प्रयोग गर्ने चलन छ । घरेलु रक्सी बनाउने, खाने वा बिक्री गर्ने दर पनि खासै घटेको भने देखिँदैन । यो अवस्थामा गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्रान्डिङ गर्ने गरी अनुसन्धान थालेपछि धेरैको चासो खिचिएको छ ।

गाउँघरमा कोदो, चामल, उवा, जौ लगायतका अन्य चिजबाट बनेको रक्सीको अहिलेसम्म स्तर निर्धारण भएको छैन । न त नेपालका घरेलु रक्सीलाई कानुनी मान्यता नै दिइएको छ । कुन कुन तत्त्व कति कति मात्रामा हुनुपर्छ ? कसरी बनाउनुपर्छ ? कसरी स्तर निर्धारण गर्न सकिन्छ ? र कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको हो ।

अनुसन्धान पछि कोदोको रक्सीलाई मात्रा मिलाएर ब्राण्डीङ गरी बिक्री वितरण गर्ने गरी सरकारलाई विश्वविद्यालयले सिफारिस गर्ने गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङ बताउँछन् ।

अहिले विश्वविद्यालयले गण्डकीका ५ जिल्लाका कोदोको रक्सीको नमुना सङ्कलन गरी गुणस्तर मापन तथा खाद्य विभागको प्रयोगशालामा पठाएको छ । विश्वविद्यालयले पठाएको रक्सीमा खाद्य विभागको विश्लेषणबाट इथानेल, मिथानेल, कार्बोहाइड्रेट, आर्सेनिक, लिड, मर्करी लगायत के कति मात्रामा छ भन्ने पत्ता लाग्नेछ । विभागले यकिन गरेपछि विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार छ कि छैन भनेर विद्वानहरू मार्फत अध्ययन गराइने गुरुङले कुलपति बताए ।

कोदोको रक्सीको फर्मुला, मर्चाको फर्मुला र तीनका स्वास्थ्य, सामाजिक र आर्थिक लगायत पाटोको अनुसन्धानपछि कानुनी दर्ताको प्रक्रिया अघि बढाउने तयारी छ । आर्थिक उर्पाजनको लागि प्रबल सम्भावना बोकेको नेपाली रक्सीमा विश्वविद्यालयले थालेको अनुसन्धान प्रति धेरैको चासो छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top