महाधिवेशनमा एमालेले गर्याे प्रधानमन्त्रीलाई निम्तो

महाधिवेशनमा एमालेले गर्याे प्रधानमन्त्रीलाई निम्तो

३ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)ले आसन्न १० औं महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ। शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिएका हुन्।

आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो गरेको नेता नेम्वाङले जानकारी दिए। जवाफमा देउवाले निम्तोका लागि धन्यावाद दिँदै आफू आउने जानकारी दिएका छन् । ‘पार्टीको तर्फबाट, अध्यक्षको तर्फबाट एमालेको महाधिवेशन उद्घाटन चितवनमा छ, त्यसमा यहाँ आउनुपर्‍यो, त्यही निम्ता दिन आएका हौं भन्यौं हामीले, नेम्वाङले भने,  ‘उहाँले म आउँछु, नआउने त कुरै भएन नि भन्नु भएन भन्नु भयो।’

महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.