पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ,साउन २४
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।

यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ ।

मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिए । गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.