लनटेनिस टोली मलेसिया प्रस्थान

२४ साउन ७५, बिहीबार
Share this
737shares

काठमाडौँ, साउन २४
इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि हिँजो मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

Advertisement

खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकाले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।

पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षक भूषण बज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउनेछ ।

Advertisement

लनटेनिसमा नेपालले सन् १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा सन् १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । त्यसपछिका लगातार चार संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएको थिएन । चीनको ग्वान्झाव एसियाडदेखि भने नेपालको सहभागिता पुनःनिरन्तर छ ।

लनटेनिस टोली आगामी भदौ १ गते मलेसियाबाटै इण्डोनेसिया जाने तालिका छ । एसियाडअन्तर्गत लनटेनिस भदौ ३ देखि १० गतेसम्म हुनेछ । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्षसमेत रहेकी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा लगायतले बिदाइ गरे ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top