काँग्रेसको प्रदेश अधिवेशन : कतै निर्विरोध, धेरैमा मतदान

४ मंसिर ७८, शनिबार
Share this
731shares

काठमाडौँ : नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त भइसकेको छ भने केही क्षेत्रमा शनिबारबाट अधिवेशन सुुरु हुँदैछ ।

Advertisement

सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६१ जिल्लामा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा र सर्लाहीबाहेकका जिल्लामा जारी अधिवेशनबाट नेतृत्व चयन भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘‘चार जिल्लाबाहेक अन्य सबै जिल्लामा प्रदेश सभा अधिवेशन भइरहेको छ, केही क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी आएको छ, अन्य सबैजसो क्षेत्रमा मतदानमार्फत नेतृत्व चयन भइरहेको छ ।’’

Advertisement

सचिव रिजालले काँग्रेसको साङ्गठानिक संरचना ठूलो भएको र नेतृत्वका लागि योग्य प्रतिस्पर्धीहरू धेरै भएकाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउनुभयो । उहाँले पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेकाले नेतृत्व पङ्क्तिदेखि कार्यकर्ता र शुभचिन्तकसम्ममा व्यापक उत्साह रहेको बताउनुुभयो ।

प्रदेश सभाको अधिवेशन हुन बाँकी रहेका काठमाडौँ, भक्तपुर र ललितपुरसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा,अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अधिवेशन भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top