४ मंसिर, एजेन्सी ।
अस्ट्रेलियाको क्रिसमस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्। ती गङ्गटाहरू अण्डा पार्न जङ्गलबाट समुद्री तटमा बसाइँ सरिरहेका छन् ।
अस्ट्रेलियाको क्विन्सल्यान्डमा अवस्थित क्रिसमस टापुमा प्रत्येक वर्ष करोडौ गंगटा थुप्रिएको देखिन्छ । नोभेम्बरदेखि जनवरीकोबीचमा क्रिसमस टापुमा गंगटा प्रत्येक वर्ष प्रजननका लागि जंगलको एक छेउदेखि अर्को छेउमा रहेको हिन्द महासागर सम्म यात्रा गर्छन् ।
हजारौ गंगटा सडकमा गाडी मुनी आएर मर्छन् । यद्यपि ठाउँ–ठाउँमा सवारी साधन विस्तारै चालाउनुहोस् भनेर बोर्ड राखिन्छ । गंगटालाई बचाउन सरकारले ठाउँठाउँमा सडक बन्द समेत गर्छ ।
क्रिसमस टापु ५२ वर्ष माइल क्षेत्रफलमा फैलिएको छ र यसमा करिब २००० को बसोबास छ । यसका बावजुद पनि यहाँ ठूलो संख्यामा मानिस यी गंगटा हेर्नका लागि पुग्ने गर्छन् । यो टापु राता गंगटाका लागि अनुकुल मानिन्छ । राता गंगटा अन्य टापुमा बस्न सक्दैनन् ।