×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

मुलुकलाई आत्मनिर्भर बनाउन विद्युतीय ऊर्जा प्रयोग गर्नुपर्छ: राष्ट्रपति भण्डारी

४ मंसिर २०७८

४ मंसिर, काठमाडाैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement
Advertisement

विद्युतीय सवारी आवश्यक भयो
उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन । शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरतको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन । राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन । उनले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गरिन् ।

बुद्ध दर्शनलाई विश्वभर पुर्याउनुपर्छ
उनले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढन सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताइन् । राष्ट्रपति भण्डारीले भनिन, ‘मुलुकमा विद्यमान परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने आवश्यक्ता छ । त्यसको निम्ति हामीसँग उपलब्ध जुन स्रोत छ । हामीले सुनिरहेका छौं–हाम्रो देशमा विस्तारै विद्युत उत्पादन बढिरहेको छ । तर हामीले त्यसको पर्याप्त प्रयोग गर्न सकिरहेका छैनौं । हामीसँग त्यो विद्युतको आन्तरिक खपत बढाउनका लागि पूर्वाधारका समस्याहरु छन । ती पूर्वाधारहरुलाई हामीले पूरा गर्ने हो भने हामीले जुन चुलिएको व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गर्न सक्छौं । र हाम्रो आन्तरिक आर्थिक वृद्धि पनि धेरै गर्न सक्छौं । जस्तो उपत्यकामा अहिले थुप्रै ईँटाभट्टाहरु छन । त्यसले धेरै प्रदुषण भईरहेको छ । त्यो प्रदुषणलाई कम गर्न किन विद्युतको प्रयोग नगर्ने ? त्यस्तै गरेर नेपालमा थप अरु थुप्रै सिमेन्ट कारखानाहरु संचालन गर्न सकिने सम्भावना छ । त्यसमा पर्याप्त विद्युतको प्रयोग किन नगर्ने ? काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधनहरु संचालनमा ल्याउने हो भने यहाँको वातावरण स्वच्छ हुन्छ । र हामीले पेट्रोलियम पदार्थमा जुन बोझ बोकिराखेका छौं, त्यसबाट हामी मुक्त हुन सक्दछौं । हामीले हाम्रो आर्थिक सन्तुलन पनि कायम गर्न सक्दछौं । किनभने जुन यो आयात बढिरहेको छ । हामीले त्यसलाई प्रतिस्थापन गर्न सक्दछौं । त्यसैले गर्दाखेरी स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डार जुन छ, त्यसलाई हामीले आत्मनिर्भरताको लागि किन प्रयोग नगर्ने ? काठमाडौं देशको राजधानी हो । यो नमूना हुन सक्छ । यसलाई नमूनाका रुपमा हामी अगाढि बढाउन सक्छौं ।’

राष्ट्रपति भण्डारीले जलवायू परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरुको परिचालन गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पु¥याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मेयर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top