अन्तर्राष्ट्रिय बाल दिवसकाे अवसरमा १०८ कन्या पूजा

Share this
739shares

४ मंसिर, काठमाडौँ।

Advertisement

अन्तर्राष्ट्रिय बाल दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

यस अवसरमा काठमाडौँको वसन्तपुरमा १०८ कन्या पूजा गरिएको छ। विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा शनिबार बसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको हो ।

Advertisement

हरेक वर्ष संयुक्त राष्ट्रसंघले नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ। सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकारसम्बन्धि महासन्धि पारित गरेको हुनाले हरेक वर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल दिसव मनाइन्छ ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको अढाई दशक पूरा भएको छ। नेपालले यस महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top