म ठूलो भन्ने प्रवृत्तिले कम्युनिष्ट एकता टिकेन: मुख्यमन्त्री भट्ट

४ मंसिर ७८, आइतबार

४ मंसिर, डोटी।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाए ।

जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेका उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको बताएका हुन् ।

उनले भने, “देशमा सबै कम्युनिष्ट एक हुनुपर्ने जनभावना भए पनि केही ठूला नेताले आफू मात्रै ठूलो र अरू सबै साना देख्ने प्रवृत्तिका कारण कम्युनिष्ट एक हुन सकेनन्, जसको उदाहरण नेकपा एकता कायम नहुनु हो ।”

माओवादी विसं २०६४ मा देशकै ठूलो पार्टी भए पनि जनभावनाअनुसार काम गर्न नसक्दा तेस्रो दलमा झरेको स्मरण गर्दै उनले अब पुनः नेकपा माओवादी २०६४ सालको जस्तै देशमै सबै पार्टीभन्दा ठूलो दल हुनेसमेत जिकिर गरे। “हामीले अहिले जनभावनाअनुसार सबै क्षेत्रमा काम गरेका छौँ”, उनले भने, “अब माओवादी २०६४ सालको जस्तै देशको ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।”

देशमा आमूल परिर्वत ल्याउन ठूलो योगदान दिएकाले नागरिकले पनि माओवादीलाई पुनः ठूलो दल बनाउन साथ दिने उनको विश्वास थियो। माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम क्षेत्रमा नागरिकले देख्ने गरी विकास गरेकाले पछिल्लो सयम नागरिक माओवादीप्रति आकर्षित हुन थालेको मुख्यमन्त्री भट्टले बताए । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top