एमसीसी फिर्ता गर्ने चाहना छैन तर पछि जुन संशोधन भयो त्यसबारे स्पष्ट हुनुपर्छ : प्रचण्ड

४ मंसिर, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी अनुदान फिर्ता गर्ने आफ्नो चाहना नरहेको बताएका छन् । चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो भनेका हुन् ।

‘अमेरिकाप्रति हाम्रो कुनै एलर्जी हैन । यसमा ठूलो समस्या हुन्छ भन्ने लाग्दैन,’ अध्यक्ष दाहालले भनेका छन् । उनले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने बताए ।

‘संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको बैठक बसेर छलफल गर्ने भनेको हो । यही ८ गते बस्ने भनेको एमालेले अधिवेशन छ पछि गरौं भन्यो । यसलाई हामी राष्ट्रिय सहमति गरेर, राजनीतिक दलहरूले पनि समझदारी बनाएर । अनि पत्रकारहरू, वरिष्ठ सम्पादकहरू, नागरिक आन्दोलन, बुद्धिजीविसँग पनि छलफल र बिमर्श गरेर निकास निकाल्ने कोसिस रहन्छ’ दाहालले भने ।

अमेरिकासंग झण्डै ७५ वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको स्मर्ण गर्दै उनले यसबीचमा थुप्रै युएसएडका प्रोग्राम तथा मिसनहरू नेपालमा चलेको बताए । उनले भने ‘प्रधानमन्त्रीको भनाइ सुरुदेखि नै एकै छ । तर मेरो भनाइ के हो भने पछि जुन संशोधन भयो त्यसबारे स्पष्ट हुन जरुरी छ । अनुदान लिनुपर्छ । आवश्यकता छ । भौतिक पूर्वाधारका लागि सहयोग आवश्यक त छ । अमेरिकाबाट सहयोग विगतदेखि नै लिँदैआएका पनि छौं । तर पछि भएको संशोधनबारे प्रष्ट हुनु जरुरी छ ।’

दाहालले अदालतको समस्या अदालतभित्रबाटै समाधान होस् भन्ने चाहेको बताए । उनले गठबन्धनका तर्फबाट बनाइएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा र स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहना राखेको उल्लेख गरे।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top