५ मंसिर, काठमाडौं ।
नेपालमा एकैदिन एक लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक लाख तीन हजार २०९ जनाले खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार देशभर शनिबार थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
शनिबार ४४४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ । नेपालमा कोरोनाको मृत्युदर १.४ प्रतिशत रहेको छ ।