NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

एमाले महाधिवेशनः १५ पदाधिकारीका लागि यस्ता छन् दाबेदार

आइतवार मंसिर ५ , २०७८
Reading Time: 1 min read
A A
एमाले महाधिवेशनः १५ पदाधिकारीका लागि यस्ता छन् दाबेदार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी पेस गरिरहेका छन् । यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा कोको आउने भन्ने सर्वाधिक चर्चाको विषय बनेको छ ।

Advertisement

अध्यक्षमा ओलीकै निरन्तरता
एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।

एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन ।

तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल–खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन् । एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् । यद्यपि, औपचारिक रूपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको.आरोपसमेत लगाइरहेका छन् ।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली समूह एक ठाउँमै रहेका छन् । पूर्वमाओवादीबाट एमाले भएका नेताहरूले समेत ओलीकै नेतृत्वमा आफूहरू समेत सर्वसम्मत आउन खोजेका छन् । पूर्वनेपाल–खनाल समूहमा रहेका नेताहरू समेत ओली क्याम्पमा पुगेकाले ओली सर्वसम्मत वा निर्वाचन जे भए पनि अध्यक्षमा दोहरिने पक्का छ ।

वरिष्ठ उपाध्यक्षमा को ?
एमालेमा अध्यक्षपछिको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष हो । वरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

एमाले स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको भित्री चाहना सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष पाउनका लागि हो । वरिष्ठ उपाध्यक्ष पद पाएको अवस्थामा ओलीसँग उनी प्रतिस्पर्धा गर्ने छैनन् । ओलीबाट उनले वरिष्ठ उपाध्यक्षको ग्यारेन्टी खोजेका छन् तर ओलीले ग्रिन सिग्नल अझै दिएका छैनन् ।

महासचिव पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । सर्तसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलको भित्री चाहना नै वरिष्ठ उपाध्यक्ष पाउनु हो । पोखरेलको सर्त ओली अगामी महाधिवेशनमा अध्यक्षमा नलडे आफूले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । खासमा उनले ओलीपछिको पोर्टफोलियो खोजेका छन् ।

दुईपटक लगातार महासचिव भइसकेका पोखरेल एमाले विधानअनुसार पुनः महासचिव हुन पाउनेछैनन् । त्यसैले उनी ओलीले अध्यक्षमा चाहना नराखेको अवस्थामा आफू सो पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिइसकेका छन् । ओलीकै चाहनाअनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने निश्चित छ । तर, उनको चाहना ओलीपछिको पोर्टफोलियो अर्थात् वरिष्ठ उपाध्यक्ष नै हो ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी हुन् रामबहादुर थापा । पूर्वमाओवादी केन्द्रबाट एमाले भएका उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तोकिएका थापाले अहिलेसम्म अध्यक्ष ओलीबाट साथ सहयोग पाउँदै आएका छन् ।

उपाध्यक्षमा पराजित हुनेको पनि दाबेदारी
एमालेको विधानअनुसार अगामी महाधिवेशनबाट चार जना उपाध्यक्ष चयन हुनेछन् । नवौं महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष वामदेव गौतम राजीनामा दिइसकेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि सो पद खाली छ ।

अहिले उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली रहेका छन् । यी तीनै जना नेता पूर्वनेपाल–खनाल समूहका हुन् । शाक्य र ज्ञवाली पुनः उपाध्यक्षमै दोहोरिन खोजेका छन् । ओली समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ, लालबाबु पण्डित, किरण गुरुङ, टोपबहादुर रायमाझीलगायतका नेताहरूले उपाध्यक्षको दाबी गरेका छन् ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका पण्डित र गुरुङले नवौं महाधिवेशनमा पराजित भएको र अहिले सर्वसम्मत सो पदमा आउन खोजेका छन् । उपाध्यक्षबाट ज्ञवालीलाई आउट गर्ने सम्भावना बढी छ । आफूपक्षीय नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने सकसमा रहेका ओलीले उपाध्यक्षमा आफूले रुचाएका र विगतदेखि साथ सहयोग गर्दै आएका नेतालाई ल्याउनेछन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवको दाबी गर्ने नेताहरू सो पदमा अटाउन नसकेको अवस्थामा उनीहरूलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ । यस्तो अवस्था उपाध्यक्षमा नयाँ अनुहार आउने सम्भावना बढी नै रहेको छ ।

महासचिव विष्णु कि शंकर ?
एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद महासचिव हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षको दाबेदार पनि हुन्छ ।

अहिलेका महासचिव ईश्वर पोखरेल पुनः सोही पदमा विधान अनुसार दोहोरिन पाउनेछैनन् । महासचिवका लागि पोखरेलसँग नवौं महाधिवेशनमा ६ मतले पराजित सुरेन्द्र पाण्डे, तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी निर्वाह गरेका विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाबी गरेका छन् ।

पाण्डे, पौडेल, गुरुङ र पोखरेलमध्ये एक महासचिव हुने निश्चित छ । यसमध्ये पौडेल र पोखरेलको सम्भावना बढी छ । पौडेल तत्कालीन नेकपाको मसहाचिवको भूमिका निर्वाह गर्न सफल भएको र ओलीको विश्वासिलो पात्र हुन् । उता पोखरेल जनताको बहुदलीय जनबाद (जबज) को व्याख्याता र राष्ट्रपति भण्डारीका साथै अध्यक्ष ओलीको पनि विश्वासिलो पात्र हुन् ।

पाण्डेले विगतमा ओलीलाई सहयोग नगरेको र उनी पूर्व नेपाल–खनाल समूहका नेता भएकाले उनको सम्भावना छैन । गुरुङ ओलीको विश्वासिलो पात्र भए पनि पौडेल र पोखरेल अगाडि फिक्का भएकाले उनको पनि सम्भावना छैन ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.