×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

एमाले महाधिवेशनः १५ पदाधिकारीका लागि यस्ता छन् दाबेदार

५ मंसिर २०७८

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

Advertisement

एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी पेस गरिरहेका छन् । यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा कोको आउने भन्ने सर्वाधिक चर्चाको विषय बनेको छ ।

अध्यक्षमा ओलीकै निरन्तरता
एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।

एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन ।

तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल–खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन् । एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् । यद्यपि, औपचारिक रूपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको.आरोपसमेत लगाइरहेका छन् ।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली समूह एक ठाउँमै रहेका छन् । पूर्वमाओवादीबाट एमाले भएका नेताहरूले समेत ओलीकै नेतृत्वमा आफूहरू समेत सर्वसम्मत आउन खोजेका छन् । पूर्वनेपाल–खनाल समूहमा रहेका नेताहरू समेत ओली क्याम्पमा पुगेकाले ओली सर्वसम्मत वा निर्वाचन जे भए पनि अध्यक्षमा दोहरिने पक्का छ ।

वरिष्ठ उपाध्यक्षमा को ?
एमालेमा अध्यक्षपछिको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष हो । वरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

एमाले स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको भित्री चाहना सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष पाउनका लागि हो । वरिष्ठ उपाध्यक्ष पद पाएको अवस्थामा ओलीसँग उनी प्रतिस्पर्धा गर्ने छैनन् । ओलीबाट उनले वरिष्ठ उपाध्यक्षको ग्यारेन्टी खोजेका छन् तर ओलीले ग्रिन सिग्नल अझै दिएका छैनन् ।

महासचिव पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । सर्तसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलको भित्री चाहना नै वरिष्ठ उपाध्यक्ष पाउनु हो । पोखरेलको सर्त ओली अगामी महाधिवेशनमा अध्यक्षमा नलडे आफूले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । खासमा उनले ओलीपछिको पोर्टफोलियो खोजेका छन् ।

दुईपटक लगातार महासचिव भइसकेका पोखरेल एमाले विधानअनुसार पुनः महासचिव हुन पाउनेछैनन् । त्यसैले उनी ओलीले अध्यक्षमा चाहना नराखेको अवस्थामा आफू सो पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिइसकेका छन् । ओलीकै चाहनाअनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने निश्चित छ । तर, उनको चाहना ओलीपछिको पोर्टफोलियो अर्थात् वरिष्ठ उपाध्यक्ष नै हो ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी हुन् रामबहादुर थापा । पूर्वमाओवादी केन्द्रबाट एमाले भएका उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तोकिएका थापाले अहिलेसम्म अध्यक्ष ओलीबाट साथ सहयोग पाउँदै आएका छन् ।

उपाध्यक्षमा पराजित हुनेको पनि दाबेदारी
एमालेको विधानअनुसार अगामी महाधिवेशनबाट चार जना उपाध्यक्ष चयन हुनेछन् । नवौं महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष वामदेव गौतम राजीनामा दिइसकेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि सो पद खाली छ ।

अहिले उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली रहेका छन् । यी तीनै जना नेता पूर्वनेपाल–खनाल समूहका हुन् । शाक्य र ज्ञवाली पुनः उपाध्यक्षमै दोहोरिन खोजेका छन् । ओली समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ, लालबाबु पण्डित, किरण गुरुङ, टोपबहादुर रायमाझीलगायतका नेताहरूले उपाध्यक्षको दाबी गरेका छन् ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका पण्डित र गुरुङले नवौं महाधिवेशनमा पराजित भएको र अहिले सर्वसम्मत सो पदमा आउन खोजेका छन् । उपाध्यक्षबाट ज्ञवालीलाई आउट गर्ने सम्भावना बढी छ । आफूपक्षीय नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने सकसमा रहेका ओलीले उपाध्यक्षमा आफूले रुचाएका र विगतदेखि साथ सहयोग गर्दै आएका नेतालाई ल्याउनेछन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवको दाबी गर्ने नेताहरू सो पदमा अटाउन नसकेको अवस्थामा उनीहरूलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ । यस्तो अवस्था उपाध्यक्षमा नयाँ अनुहार आउने सम्भावना बढी नै रहेको छ ।

महासचिव विष्णु कि शंकर ?
एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद महासचिव हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षको दाबेदार पनि हुन्छ ।

अहिलेका महासचिव ईश्वर पोखरेल पुनः सोही पदमा विधान अनुसार दोहोरिन पाउनेछैनन् । महासचिवका लागि पोखरेलसँग नवौं महाधिवेशनमा ६ मतले पराजित सुरेन्द्र पाण्डे, तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी निर्वाह गरेका विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाबी गरेका छन् ।

पाण्डे, पौडेल, गुरुङ र पोखरेलमध्ये एक महासचिव हुने निश्चित छ । यसमध्ये पौडेल र पोखरेलको सम्भावना बढी छ । पौडेल तत्कालीन नेकपाको मसहाचिवको भूमिका निर्वाह गर्न सफल भएको र ओलीको विश्वासिलो पात्र हुन् । उता पोखरेल जनताको बहुदलीय जनबाद (जबज) को व्याख्याता र राष्ट्रपति भण्डारीका साथै अध्यक्ष ओलीको पनि विश्वासिलो पात्र हुन् ।

Advertisement

पाण्डेले विगतमा ओलीलाई सहयोग नगरेको र उनी पूर्व नेपाल–खनाल समूहका नेता भएकाले उनको सम्भावना छैन । गुरुङ ओलीको विश्वासिलो पात्र भए पनि पौडेल र पोखरेल अगाडि फिक्का भएकाले उनको पनि सम्भावना छैन ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top