सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना, २९ जना घाइते

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना, २९ जना घाइते

५ मंसिर, दाङ ।

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो ।

 बसको पट्टा भाचिएपछि अनियन्त्रित भएर बस दुर्घटना  हुँदा बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि बाँके पठाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.