सर्वोच्चमा आज पनि तनाव, कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल

५ मंसिर, काठमाडौँ ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेका नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको हो ।

Advertisement

गत बिहीबार मात्र आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका थिए ।

कानुन व्यवसायीले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिँदै आएका छन् भने प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरिरहेका छन् ।

Advertisement

बारले प्रधानन्यायाधीशविरुद्ध १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएको छ । बारको निरन्तर आन्दोलनको कारण सयौँ नागरिकका मुद्धा ओझेलमा परेका छन् । मुद्दाको पेशी तोकिए पनि सुनुवाई हुन सकेको छैन । शनिबार पनि बारले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top