×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्यानेटरी प्याड पाउन थालेपछि नियमित विद्यालय जान थाले छात्रा

५ मंसिर २०७८

५ मंसिर, काठमाडौं ।

सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ ।

Advertisement

स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका–४ का शान्ति बुढालाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल नछुटेको बुढा भन्छिन् । १२ कक्षामा अध्ययनरत बुढा विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफूजस्तै किशोरीलाई सजिलो भएको उनी बताउँछिन् ।

महिनावारिको समयमा विद्यालय जाँदा साँफेबगर नगरपालिका– ७ रिडिकोटका मनिशा बयकको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि पिर छैन ।

उनी भन्छिन्, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कतिपल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’

साँफेबगरको श्री सूर्यचन्द्र नमुना माध्यामिक विद्यालयले २०६९ सालदेखि नै स्यानेटरी प्याड वितरण गर्दै आएको छ । विद्यालयमा प्याड वितरण सुरू भएपछि विद्यालय आउने छात्राहरूको संख्या बढेको छ ।

विद्यालयमा ७६८ विद्यार्थीमध्ये ३६८ जना छात्रा अध्ययनरत छन् । तीमध्ये महिनावारी हुने किशोरीको संख्या करिब २०० छ । उनीहरूलाई विद्यालयले नियमित स्यानेटरी प्याड दिँदै आएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र शाहको भनाइ छ ।

साँफेबगर नगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टका अनुसार २०७६÷२०७७ मा प्राप्त भएको २४ लाखमा नगरपालिकाले ५० हजार थान स्यानेटरी प्याड खरिद गरेको थियो ।

Advertisement

उक्त प्याड नगरपालिका भित्रका १६ वटा माध्यामिक विद्यालय र केही प्राथमिक विद्यालयमा समेत वितरण गरिएको उनको भनाइ छ । यस्तै २०७७÷२०७८ प्राप्त भएको २५ लाखमा नगरपालिकाले स्यानेटरी प्याड खरिद गरेको छ भने वितरण गर्न बाँकी छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top