जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

२४ साउन ७५, बिहीबार
Share this
757shares

जम्मु काश्मिर,साउन २४
भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।

Advertisement

बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो ।प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्रेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top